Section 19
बोलपत्र फिर्ता तथा संशोधन
(१) विद्युतीय सञ्चारको माध्यमबाट बोलपत्र पेश गरिने बाहेक कुनै बोलपत्रदाताले आफूले पेश गरेको फिर्ता लिन वा संशोधन गर्न चाहेमा बोलपत्र पेश गर्न तोकिएकोअन्तिम समय समाप्त हुनुभन्दा चौबीसघण्टा अगावै सिलबन्दी निवेदन दिनु पर्नेछ ।
(२) बोलपत्र फिर्ता लिने वा संशोधन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।